मिति २०७९ फाल्गुण १२ गते शुक्रबार बाजेको सेकुवा, पोखरा–८, कास्कीमा संस्थाको रणनीतिक योजना तथा वार्षिक योजनाको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री नवराज अधिकारीज्यूले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष श्री नेत्रलाल भण्डारीज्यूले राख्नुभएको उक्त कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा समिति, सल्लाहकारज्यूहरु, विभिन्न उपसमिति तथा कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।
संस्थाको अर्धवार्षिक गतिविधि तथा क्रियाकलाप, वार्षिक कार्यक्रम तथा बजेटको लक्ष्य र उपलव्धि सहित संस्थागत विवरण संस्थाका व्यवस्थापक श्री रोशन पौडेलले प्रस्तुत गर्नुभएको थियो । संस्थागत गतिविधि तथा विवरण सम्बन्धमा उपस्थित सबैले आ–आफ्नो भनाई तथा सुझाव राख्नुभएको थियो । बैठकमा उठेका महत्वपूर्ण सुझाव तथा जिज्ञाषालाई सम्बोधन गर्दै पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको विषम परिस्थितिका बाबजुद पनि संस्थामा २२ प्रतिशत बढि तरलता रहनु अत्यन्तै सबल पक्ष रहेको भन्दै संस्थामा ढुक्क भएर कारोबार गर्न सक्ने अवस्था रहेको संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कडेलज्यूले बताउनुभयो ।




