सनसाइन साकोसको २३औं स्थापना दिवस सम्पन्न

सनसाइन साकोसले २३औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न गरेको छ । २०७९ फागुन ५ गते स्थापना दिवसको अवसरमा बाजेको सेकुवा, पोखरा ८, कास्कीमा, संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जीवन विज्ञान, गण्डकी प्रदेश संयोजक श्री शंकर पोखरेलले जीवन विज्ञान सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो । त्यस्तै संस्थाका व्यवस्थापक श्री रोशन पौडेलले संस्थाका गतिविधि, वित्तिय अवस्था लगायत सदस्य शिक्षा विषयक प्रस्तुति दिनुभएको थियो । संस्थाका सचिव श्री नवराज अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री नेत्रलाल भण्डारीज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका नि. अध्यक्ष तथा संंरक्षक श्री गजकुमारी गुरुङ्गले आफ्नो भनाइ राख्दै संस्था स्थापना देखि हाल सम्मका विभिन्न आरोह अवरोहहरुको स्मरण गर्नुभयो । सनसाइन साकोसका शेयर सदस्यहरुको उल्लेखनिय सहभागिता रहेको उक्त कार्यक्रममा जीवन र विज्ञान विषयमा प्रशिक्षकले प्रकाश पार्नुभएको थियो । हालको आर्थिक अवस्था, मन्दिको समयमा यस्तो कार्यक्रम उपयुक्त र सान्दर्भिक रहेको शेयर सदस्यहरुले बताउनुभयो । संस्थाको वित्तिय अवस्था अत्यन्तै मजबुत रहेको भन्दै संस्थाका शेयर सदस्यहरु संस्थाप्रति विश्वस्त र सकारात्मक भएमा जस्तोसुकै कठिन परिस्थितिमा पनि सनसाइन निरन्तर अगाडी बढ्ने भन्दै सदा जस्तै सदस्यज्यूहरुको निरन्तर साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गरेको संस्थाका व्यवस्थापक श्री रोशन पौडेलले बताउनुभयो । सनसाइन साकोसको त्रिवर्षिय रणनीतिक योजना बमोजिम संस्थाले आफ्ना गतिविधिहरु निरन्तर गरिरहेको र संस्थामा ढुक्क भएर कारोबार गर्न सकिने अवस्था रहेको भन्दै संस्थालाई २३औं वर्षसम्म ल्याइपुर्याउन विभिन्न समयमा योगदान पुर्याउने सम्पूर्णलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै सचिव श्री नवराज अधिकारीले सम्पूर्णमा स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो । संस्थाको परिकल्पनाः समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारीको मर्म बमोजिम शेयर सदस्यहरुलाई आर्थिक, सामाजीक र सांस्कृतिक रुपमा समृद्ध बनाउन सकेमा मात्र सहकारीको मुल लक्ष्य पुरा हुने भन्दै साकोसलाई प्रविधिमैत्री बनाउदै त्रिवर्षिय रणनीतिक योजना अनुसार संस्था सञ्चालन भइरहेको अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूले बताउनुभयो । २३औ स्थापना दिवसको शुभकामना सहित सनसाइन साकोसलाई यस अवधिसम्म ल्याउन विभिन्न समयमा योगदान पुर्याउने सम्पूर्णलाई स्मरण सहित हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्नुभयो, त्यस्तै अहिलेको विषम परिस्थिितिमा समेत संस्थामा २२ प्रतिशत बढि तरलता हुनु सबल पक्ष रहेको र सनसाइन सहकारी सदस्यमैत्री, पारदर्शि, स्पष्ट लक्ष्य र उद्धेश्यका साथ अगाडी बढिरहेको भन्दै ढुक्क भएर संस्थामा आफ्नो कारोबार गर्न आग्रह गर्दै सदा जस्तै सदस्यज्यूहरुको निरन्तर साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा संस्थाका १५० भन्दा बढि सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *