सनसाइन सहकारीको अर्धवार्षिक समिक्षा सम्पन्न ।

मिति २०८० माघ २६ गते शुक्रबार संस्थाको रणनीतिक योजना तथा आ.व. २०८०/०८१ को वार्षिक योजनाको अर्धवार्षिक समिक्षा पोखरा ८, नागढुङ्गा स्थित नमस्ते जनप्रिय थकाली भान्सा घर एण्ड लजको सभाहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री नवराज अधिकारीज्यूले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्री नरेन्द्र मित्रकोटीज्यूले राख्नुभएको उक्त कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारज्यूहरु, विभिन्न उपसमिति तथा कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।
संस्थाको अर्धवार्षिक गतिविधि तथा क्रियाकलाप, वार्षिक कार्यक्रम तथा बजेटको लक्ष्य र उपलव्धि सहित संस्थागत विवरण संस्थाका व्यवस्थापक श्री रोशन पौडेलले प्रस्तुत गर्नुभएको थियो । संस्थागत गतिविधि तथा विवरण सम्बन्धमा उपस्थित सबैले आ–आफ्नो भनाई तथा सुझाव राख्नुभएको थियो । बैठकमा उठेका महत्वपूर्ण सुझाव तथा जिज्ञाषालाई सम्बोधन गर्दै संस्थाको संस्थागत पुजी ८.७३ प्रतिशत रहेको, संस्थामा ३८ प्रतिशत बढि तरलता रहेको साथै संस्था निति, विधि र प्रविधिमा आधारित भई सञ्चालन हुनु अत्यन्तै सबल पक्ष रहेको संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कडेलज्यूले बताउनुभयो ।
 

Leave a Comment

Your email address will not be published. Required fields are marked *