सनसाइन सहकारीद्वारा आधुनिक मोबाइल बैकिङ्ग सुविधाकाे शुभारम्भ

सनसाइन बचत तथा ऋण सहकारी संस्था, पोखरा–८, कास्कीले मोबाइल बैकिङ्ग सुविधाको शुभारम्भ गरेको छ । सदस्यहरुलाई प्रविधिमार्फत सर्वसुलभ, आधुनिक तथा गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ मोबाइल बैकिंङ्ग सेवा सुचारु गरिएको छ । मोबाइल बैंकिङ्ग सेवाको शुभारम्भ संगै सदस्यहरुलाई हरेक कार्यको लागी कार्यालयमा आइरहनुपर्ने बाध्यता अन्त्य हुनुका साथै कोभिडको समयमा घरमै बसि बसि कारोबार गर्न सकिने भएको छ । मोबाइल एपको प्रयोग गरि आफ्नाे खाताको व्यालेन्स हेर्न, कारोबार विवरण हेर्न मिल्नुका साथै आफ्नाे खाताबाट सहकारी भित्रका अन्य खाता तथा बैंकहरुमा सजिलै रकम पठाउन सकिनेछ । मोबाइल एपबाट रिचार्ज गर्न, खानेपानी तथा बिजुलीको महसुल भुक्तान गर्न मिल्नुका साथै बिमा रकम भुक्तानी, वालेट लोड लगायत विभिन्न सेवासुविधा प्राप्त गर्न सकिनेछ ।

SUNSHINE SMART APP DOWNLOAD गर्न PLAYSTORE वा तलको लिङ्कमा गई गर्न सकिनेछ।https://play.google.com/store/apps/details?id=mobile.banking.sunshine

मोबाइल बैंकिङ्ग सुविधा प्राप्त गर्न वा कुनै समस्या देखापरेमा सम्पूर्ण शेयर सदस्यहरुलाई कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
थप जानकारीको लागी :
कार्यालयको सम्पर्क नंं. ०६१–५३९६४० वा सुचना अधिकारीको सम्पर्क नं. ९८०२८५१४७८ मा सम्पर्क गर्न सकिनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *