सनसाइन बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सनसाइन बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम मिति २०७८ फाल्गुन ८ गते आइतबारका दिन बाजेको सेकुवा, पोखरा ८ नागढुङामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका संचालक समिती, आन्तरिक लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमिती तथा उच्च ब्यबस्थापनको सक्रिय सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कंडेल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका सचिब श्री नवराज अधिकारीले गर्नुभएको थियो । त्यस्तै स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्री नरेन्द्र मित्रकोटिले राख्नुका साथै समिती, उपसमितिको काम, कर्तव्य तथा अधिकारको बारेमा प्रकाश पार्नुभएको थियो । संस्थाका गतिविधि तथा अर्धवार्षिक समिक्षात्मक विवरण ब्यवस्थापक श्री रोशन पौडेलले, संचालक समितिको निर्णय तथा कार्यान्वयनको अवस्था सम्बन्धमा सचिब श्री नवराज अधिकारीले प्रस्तुति दिनुभएको कार्यक्रममा माननीय सभासद तथा शिक्षा उपसमिती संयोजक श्री राजिब पहारीज्युले नयाँ नेतृत्वले गरेको सराहनिय कार्यहरुले आगामी दिनको लागि सुभ संकेत गरेको भन्दै आगामी दिनहरुमा संस्थाले नया उचाइ हासिल गर्ने कुरामा बिश्वास व्यक्त गर्नुभएको थियो । सबैको सल्लाह सुझाव तथा सक्रियताबाट नै संस्थागत लक्ष्य हासिल गर्न सम्भव हुने भन्दै आगामी दिनमा समेत संस्थागत लक्ष्य हासिल गर्न सबै एक भएर लाग्ने बिश्वास सहित अध्यक्षज्युबाट कार्यक्रम समापन भएको थियो ।
 
May be an image of 11 people, people standing, people sitting and indoor

Leave a Comment

Your email address will not be published. Required fields are marked *