१८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सनसाइन साकोसको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा सम्पन्न ।

पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) अन्तर्गत गण्डकी क्लष्टर प्रथम समुहको १८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सनसाइन साकोसको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा मिति २०७९ माघ १६ गते सोमबार सम्पन्न भएको छ । टुकि रिसोर्ट, पोखरा–६ मा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्युको अध्यक्षता तथा नेफ्स्कुनका महासचिव श्री दामोदर अधिकारीज्यूको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेफ्स्कुन व्यवसाय विभाग प्रमुख श्री दुर्गा प्रसाद ढकाल, नेफ्स्कुनका पुर्व सञ्चालक तथा पोखरा रोयल साकोसका सिइओ भिमबहादुर गुरुङको आतिथ्यता रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवराज अधिकारी, स्वागत मन्तव्य सञ्चालक श्री टिकाराम ढुङ्गाना र सहजिकरण नेफ्स्कुन अनुगमन अधिकृत श्री सूर्यप्रसाद तिमल्सिनाज्युले गर्नुभएको थियो ।

कार्यक्रममा कास्कीबाट ७ वटा संस्था, गोरखाबाट १ वटा संस्था र लमजुङवाट २ वटा संस्थाको सहभागिता रहेको थियो । सहभागि संस्थाका प्रोवेसन कार्यदलको संयोजक, सदस्य र व्यबस्थापन प्रमुखको उपस्थिति रहेको कार्यक्रममा सनसाइन साकोसबाट संस्थाको समिति उप समितिका पदाधिकारी र उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यशालामा १० वटा संस्थाबाट प्रोवेसनमा छलफल गरिने पर्ल्सको २५ वटा सुचाङ्क र हिमालको २५ वटा सुचाङ्क साथै संस्थाका असल अभ्यासहरुको प्रस्तुति र छलफल गरिएको थियो सो उपर नेफ्स्कुन अधिकृत तिमल्सिना सरले राय र सुझाब राख्नुभएको थियो ।

पर्ल्स संस्थाको वित्तीय विवरणको अवस्था जाच गर्ने सुचाङ्कः जस्तै बचत, ऋण, लगानी, तरलता, सम्पत्ति, सदस्य बृद्धिदर, ऋण सुरक्षण, संस्थागत कोषको अवस्था, आदि र हिमालको सुचाङ्कः संस्थाको बिकास तथा जोखिम ब्यवस्थापन कसरी गरेको छ, सुशासन र जवाफदेहिता के के कसरी गरेको छ, संस्थाको योजना र कर्मचारी लगायतको व्यवस्थापन, कानुनी पालनाको अवस्था, सदस्यको बिकास र सुरक्षाको लागि गरिएको काम योजनाको मुल्याङ्कन मापन गर्ने सुचाङ्क हो । जसले संस्थालाई सबल, सुरक्षित र सक्षम बनाउन मद्दत गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *