२२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट सर्वसम्मत निर्वाचित सञ्चालक समिति र आन्तरिक लेखा सुपरिवेक्षण समितिको पदस्थापना तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम संस्थाका अध्यक्ष श्री अग्नी प्रसाद कँडेलको अध्यक्षता, प्रमुख अतिथि माननीय राजीव पहारी र विशेष उपस्थिति निवर्तमान अध्यक्ष श्री गज कुमारी गुरुङ्गको आतिथ्यतामा कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष श्री गज कुमारी गुरुङ्गले अध्यक्ष श्री अग्नी प्रसाद कँडेललाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै निवर्तमान सचिव श्री नरेन्द्र मित्रकोटीले सचिव श्री नवराज अधिकारीलाई माइन्युट हस्तान्तरण गर्नुका साथै निवर्तमान कोषाध्यक्ष श्री नवराज अधिकारीले कोषाध्यक्ष श्री नेत्रलाल भण्डारीलाई जिम्मेवारी तथा प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै निवर्तमान लेखा संयोजक श्री टिकाराम ढुंगानाले लेखा संयोजक श्री सुकमाया सुवेदीलाई माइन्युट तथा जिम्मेवारी हस्तान्तरण गर्नुभयो । नवनिर्वाचित सञ्चालक समिति तथा आन्तरिक लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अहिलेको नयाँ नेतृत्व संस्थालाई थप उचाइमा पु¥याउन सफल हुनेमा प्रमुख अतिथि श्री राजीव पहारीले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कर्मचारीहरुले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरु तथा सदस्यज्यूलाई कार्यालयमा स्वागत गर्दै नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
यसरी सभ्य र भव्य रुपमा सम्पन्न औपचारिक कार्यक्रममा अध्यक्ष श्री अग्नी प्रसाद कँडेल आप्mनो नेतृत्वलाई विश्वास गर्नुभएको प्रति आभार व्यक्त गर्दै सम्पूर्णलाई धन्यवाद दिनुका साथै संस्थागत हकहितका लागी सदैव आफु क्रियाशिल रहने प्रतिवद्धता सहित कार्यक्रम सम्पन्न भएको छ ।