--- हाम्रो बारेमा ---

तपाईंहरुको सेवामा

२०५६ देखी

संस्थाको ऐतिहासिक पृष्ठभूमिः

सहकारी विभाग अन्तर्गत सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, कास्कीको मिति २०५६ फागुन ५ गतेको निर्णयानुसार सिमित दायित्व भएको सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. नाम रहने गरि दर्ता भएको प्रारम्भिक सहकारी संस्थाको कार्यक्षेत्र कास्की जिल्ला रहेको छ । ४३ जना सदस्यबाट जम्मा रु. ४३,०००/– (अक्षरुपी त्रिचालिस हजार रुपैया मात्र) शेयर पुजी संकलन गरि स्थापना भएको यस संस्थाले मिति २०५६ फागुन २९ गतेबाट औपचारीक रुपमा कारोबार सञ्चालन गरेको थियो ।

संस्थाको संक्षिप्त परिचयः

संस्थाको नाम : सनसाइन बचत तथा ऋण सहकारी संस्था लि.
ठेगाना : पोखरा ८, कास्की, गण्डकी प्रदेश
स्थापना मिति : २०५६ फागुन २९ गते
दर्ता नं. : १५१/०५६/०५७
दर्ता गर्ने निकाय : सहकारी विभाग अन्तर्गत सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, कास्की

Manager
Director's Office
BOD Meeting Room
Sunshine Saccos Office Space
Entrance

संस्थाको वर्तमान अवस्थाः

पोखरा–८, नागढुङ्गा, कास्कीमा कार्यालय रहेको यस संस्थाले कास्की जिल्ला कार्यक्षेत्र बनाई विगत २३ वर्षदेखि सदस्य सेवामा निरन्तर लागिरहेको छ । सदस्यहरुको आर्थिक, सामाजीक तथा सांस्कृतिक अवस्थामा सुधार गर्दै “सदस्यहरुको सम्पूर्ण वित्तीय समाधानको पहिलो रोजाईको संस्था” बनाउने परिकल्पना सहित संस्था अगाडी बढिरहेको छ । सहकारीको मुल सिद्धान्तः सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, समूदाय केन्द्रित गतिविधी आदिको सेरोफेरोमा रहि यस अवधि सम्म आईपुग्दा १७०० बढी सदस्यहरुको ४.५ करोड शेयर पुजी संकलन गरि करिब ४५ करोड भन्दा बढी पुजी परिचालन गर्दै कास्की जिल्लामा आफ्नो विशेष पहिचान स्थापित गर्न सफल भएको छ ।

संस्थाको परिकल्पना (Vision):

“सदस्यहरुको सम्पूर्ण वित्तीय समाधानको पहिलो रोजाईको संस्था ”

संस्थाको ध्येय (Mission):

संस्थाले परिकल्पना गरेको विन्दुमा पुग्न सबै उमेर, वर्ग, क्षेत्र, लिंग, धर्म, र भाषा सम्प्रदायका सदस्यहरुको लागि उनिहरुका चाहना र आवश्यकता अनुरुपका वित्तीय वस्तु तथा सेवा उत्पादन गरी स्थानीय समुदाय समक्ष सहज एवं सरल लागत र प्रक्रिया मार्फत प्रविधिको प्रयोग गरी सेवा उपलब्ध गराउने ।

संस्थाको उद्धेश्य (Mission):

क) समुदायका सदस्यहरुलाई बचतको अवधारणा सिकाई बचत गर्ने बानीको विकास गर्ने ।
ख) समुदायका सदस्यहरुको औपचारिक वित्तीय क्षेत्रमा पहुँच स्थापित गर्ने ।
ग) सदस्यहरुलाई सर्वसुलभ तवरबाट स्थानीय तहमै ऋण तथा अन्य वित्तीय सेवाहरु उपलब्ध गराउने ।
घ) वित्तीय साक्षरताको माध्यमबाट समुदायका सदस्यहरुको वित्तीय व्यवहारमा परिवर्तन गराउने ।