--- हाम्रो बारेमा ---
तपाईंहरुको सेवामा
२०५६ देखी निरन्तर
संस्थाको ऐतिहासिक पृष्ठभूमिः
सहकारी विभाग अन्तर्गत सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, कास्कीको मिति २०५६ फागुन ५ गतेको निर्णयानुसार सिमित दायित्व भएको सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. नाम रहने गरि दर्ता भएको प्रारम्भिक सहकारी संस्थाको कार्यक्षेत्र कास्की जिल्ला रहेको छ । ४३ जना सदस्यबाट जम्मा रु. ४३,०००/– (अक्षरुपी त्रिचालिस हजार रुपैया मात्र) शेयर पुजी संकलन गरि स्थापना भएको यस संस्थाले मिति २०५६ फागुन २९ गतेबाट औपचारीक रुपमा कारोबार सञ्चालन गरेको थियो ।
संस्थाको संक्षिप्त परिचयः
संस्थाको नाम : सनसाइन बचत तथा ऋण सहकारी संस्था लि.
ठेगाना : पोखरा ८, कास्की, गण्डकी प्रदेश
स्थापना मिति : २०५६ फागुन ५ गते
दर्ता नं. : १५१/०५६/०५७
दर्ता गर्ने निकाय : सहकारी विभाग अन्तर्गत सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, कास्की
संस्थाको वर्तमान अवस्थाः
पोखरा–८, नागढुङ्गा, कास्कीमा कार्यालय रहेको यस संस्थाले कास्की जिल्ला कार्यक्षेत्र बनाई विगत २३ वर्षदेखि सदस्य सेवामा निरन्तर लागिरहेको छ । सदस्यहरुको आर्थिक, सामाजीक तथा सांस्कृतिक अवस्थामा सुधार गर्दै “सदस्यहरुको सम्पूर्ण वित्तीय समाधानको पहिलो रोजाईको संस्था” बनाउने परिकल्पना सहित संस्था अगाडी बढिरहेको छ । सहकारीको मुल सिद्धान्तः सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, समूदाय केन्द्रित गतिविधी आदिको सेरोफेरोमा रहि यस अवधि सम्म आईपुग्दा १७०० बढी सदस्यहरुको ४.५ करोड शेयर पुजी संकलन गरि ४२ करोड भन्दा बढी पुजी परिचालन गर्दै कास्की जिल्लामा आफ्नो विशेष पहिचान स्थापित गर्न सफल भएको छ ।
संस्थाको परिकल्पना (Vision):
“समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारी”
”Prosperous Member, well-governed excellent cooperative”
संस्थाको ध्येय (Mission):
“आधुनिक प्रविधिको प्रयोग गरी, संस्थागत सुशासन कायम राख्दै गुणस्तरीय वित्तीय तथा गैर वित्तिय सेवा मार्फत सदस्यहरुलाई समृद्ध बनाउने”
संस्थाको उद्धेश्य (Mission):
(१) संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकाश गर्ने ।
(२) सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने ।
(३) सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपयोग बढाउने ।
(४) सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पुर्याउने खालका सेवामूलक कार्यक्रमहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने ।